कोरोनाका कारण मृत्यु हुने संख्या ५० भन्दा कममा झर्यो, ५ हजारभन्दा बढी अस्पतालमा



Download our app to get more features

काठमाडौं, ३० जेठ । नेपालमा झन्डै डेढ महिनापछि ५० भन्दा कमको कोरोनाका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा देशभर ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा यसअघि वैशाख २० मा ३७ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । त्यसपछि निरन्तर नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको थियो । 

देशभर थप ४६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय १३ पुगेको छ ।

हाल देशभर ६८ हजार ९ सय ५५ सक्रिय संक्रमित रहेका छन् । जसमा ५ हजार २ सय ११ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् भने ६३ हजार ७ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार १ सय जना आईसीयूमा छन् भने ३ सय ४७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-06-14 07:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts