चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको सुरक्षाका लागि डा.केसी अलायन्सको अपिल



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, ३० जेठ । वृहत नागरिक आन्दोलन सोलिडारिटी फर डा. केसी अलायन्सले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षाका लागि अपिल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले उपाध्यक्ष डा. गिरीलाई बालुवाटार बोलाएर जबरजस्ती बी एण्ड सी कलेजको सम्बन्धन पत्रमा हस्ताक्षर गर्न दवाव दिन खोजपछि अलायन्सले उनको सुरक्षाका लागि अपिल गरेको हो ।

अलायन्सले जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कसैलाई जबरजस्ती गर्दैमा सम्बन्धन दिलाउन लगाउनु उचित नभएको पनि बताएको छ । 

२८ जेठको बैठकमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धनबारे चलेको छलफल निश्कर्षबिहीन भएको तथा विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पुर्याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेको तथ्य सार्वजनिक भएपनि आइतवार विकसित घटनाक्रमले अत्यन्त गम्भीर मोड लिएको र उपाध्यक्ष डा. गिरी असुरक्षित भएको बताएको छ ।

आइतवार प्रधानमन्त्री तथा आयोगका अध्यक्ष ओलीले उपाध्यक्ष डा. गिरीलाई बालुवाटार बोलाएर प्रक्रिया मिचेर बी एण्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको अलायन्सको भनाइ छ । 

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको अलायन्सले बताएको छ ।

राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्सर्ना योग्य रहेको भन्दै अलायन्सले मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य रहेको पनि बताएको छ ।

एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक रहेको हुनाले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मूख्य चिन्ताको विषय बन्न पुगेको पनि बताएको छ । 

चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराएको छ ।

त्यसैगरी डा. गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन हामी सबै राजनीतिक दल, पेशाकर्मी तथा नागरिकहरुमा अपिल गर्दछौं ।

Hamro Doctor
Last modified on 2021-06-13 17:42:41

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts