बजेट कर्णाली

कर्णालीको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता, कोरोना नियन्त्रणको लागि ५३ करोड ९३ लाख



Download our app to get more features

काठमाडौं, १ असार ।  कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज प्रदेश सभाको बैठकमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।  

सरकारले स्वास्थ्य क्षेत्रलाई बजेटमा पहिलो प्राथमिकता दिएको छ । कोरोना रोकथाम नियन्त्रण, उपचार तथा  प्रतिकार्यमा ५३ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्ट  र अन्य जिल्लामा मिनि अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै कोरोना सङ्क्रमितको निःशुल्क उपचार र खोपका लागि बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए ।  समग्र स्वास्थ्य सुदृढीकरण गरी गुणस्तर सेवामा पहुँचका लागि सरकारले दुई अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिने, सुर्खेत, जुम्ला, रुकुम पश्चिममा विशिष्टकृत नमुना शिक्षालय सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रियालगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन भएको छ । शहिद, घाइते, अपाङ्ग भएका व्यक्तिका छोराछोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने व्यवस्था, बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमलाई निरन्तरता दिएको छ । 

Last modified on 2021-06-16 06:52:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts