नवजात शिशुको ख्याल कसरी गर्ने ? (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १० चैत्र । ६० प्रतिशत भन्दा बढी बच्चा स्वास्थ्यकर्मीको सल्लाह बिना घरमै जन्मिने भएकाले नवजात शिशुमा संक्रमणको संभावना बढी हुने चिकित्सकहरुले बताएका छन । 
स्वास्थ्यकर्मीको निगरानी र परामर्स बिना नै बच्चा जन्माउँदा विभिन्न प्रकारका संक्रमणको खतरा हुन्छ । बच्चा गर्भमा आएको थाहा पाएलगत्तै उसको अवस्था र वृद्धिका बारेमा आम अभिभावकलाई चासो भएपनि स्वास्थयसम्बन्धी चेतना नहुँदा बच्चा जन्मिएलगत्तै विभिन्न रोगको संक्रमणमा पर्ने खतरा हुन्छ । 
बाल रोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरका अनुसार अधिकांस अभिभावकले अस्पतालमा प्रसुती सेवा नलिँदा नवजात शिशुमा संक्रमण बढ्दै गएको छ । नेपालमा वर्षेनी जन्मिने ७ देखि ८ लाख बच्चामध्ये ३० हजार बच्चाको एक वर्ष नपुग्दै मृत्यु हुन्छ । त्यसमध्ये संक्रमणका कारण २० हजार शिशुको १ महिना नपुग्दै मृत्यु हुन्छ । हरेक वर्ष नवजात शिशुको मृत्युको संख्या बढ्नुमा जनचेतनाको कमी र उचित हेरचाह नहुनु मुख्य कारण रहेको डा. मानन्धरको भनाई छ । 


नवजात शिशु जन्मने बित्तिकै नुहाउने कारणले अधिकांस बच्चामा संक्रमण हुने डा. मानन्धरको दावी छ । नवजात शिशुलाई संक्रमणबाट जोगाउन आमाको दुध सबैभन्दा बढी चुसाउने, बच्चाको पैताला र पेटको तापक्रमको सन्तुलनको अवस्थाबारे सजग हुने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको भनाई छ । नवजात शिशिु भन्नाले जन्मेदेखि २८ दिन सम्मको अवस्थालाई भनिन्छ । 
कतिपय पूराना संस्कारका कारण पनि नवजात शिशुमा संमण हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । सरकारले नवजात शिशु स्याहार अभियान सञ्चालन गरेको छ । मन्त्रालयका अनुसार मुलुकका विभिन्न १० अस्पतालमा नवजात शिशु स्याहार अभियान तालिम सहित उपकरणको व्यवस्था गरेको छ । 
सरकारले नमुनाको रुपमा मेची अञ्चल अस्पताल झापा, कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्ज, गण्डकी अस्पताल पोखरा, भेरी अञ्चल अस्पताल सेती अञ्चल  अस्पताल, कान्ति बाल अस्पताल काठमाण्डौं र परोपकार प्रसुती सेवा केन्द्र काठमाण्डौंमा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ । 

Last modified on 2016-03-23 18:32:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts