मेडिकल माफियाले सिन्डिकेट लाद्न खोजेको भन्दै भक्तपुर क्यान्सर अस्पतालको विरोध



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १३ असार । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल माफियाहरुले सिन्डिकेट लागू गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

सरकारले भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थाको रुपमा स्थापना गरिन सञ्चालन गर्ने निर्णय गरेकोमा केही मेडिकल क्यान्सर माफियाहरुले आफ्नो स्वार्थको लागि अन्य ठाउँमा क्यान्सर संस्थान खोलिनु हुँदैन भनेर सिन्डिकेट लगाउने षडयन्त्र गरेकोमा अस्पतालले विरोध जनाएको हो ।

सरकारले गरेको निर्णयमा चलखेल गरे सह्य नहुने भन्दै अस्पतालका कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले सिमित स्रोतसाधनकाबीच बिरामीहरुलाई सेवा दिँदै आएकोमा क्यान्सर मेडिकल माफियालाई सफल हुन नदिने बताए ।

अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्नुपर्नेमा केहि मेडिकल क्यान्सर माफियाहरुले चलखेल गर्न लागेको हुँदा त्यस्ता गलत मानसिकता त्याग्न आग्रह गरेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा, भक्तपुर क्यान्सर अस्पताल विश्वविद्यालयको रुपमा विकास हुनु पर्ने हो  । तर, म, हामी र हाम्रो संस्था मात्र ठिक छ अरुले जे गर्यो र सोच्यो त्यो गलत हो भन्ने मानसिकता त्याग्नुपर्छ । अर्कोतिर आफू राम्रो बन्नलाई, असल ठानिनुलाई वा आफू मात्र विज्ञ मानिनुलाई, अरुलाई खोट लगाउने वा नराम्रो भनिरहनु पर्दैन । हाम्रो पनि विकास हुनुपर्दछ र उनीहरुको पनि विकास हुनुपर्छ भन्ने सकारात्मक सोचको विकास हुनु जरुरी देखिन्छ । तर, भक्तपुर क्यान्सर अस्पताललाई विकास गरिनु हुँदैन भन्नु पूर्वाग्राही सोच रहेको उल्लेख गरिएको छ ।

Hamro Doctor
Last modified on 2021-06-27 16:40:08

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts