कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १५ असार । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अब उपरान्त सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गर्ने गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै हालसम्म सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गरिने बताएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने निर्णय भएको बताए ।

उनले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन समेत आग्रह गर्दै मनमोनी ढंगले शुल्क लिएमा नियमानुसार कारबाही गरिने पनि बताए ।

Hamro Doctor
Last modified on 2021-06-29 14:48:07

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts