२४ घन्टामा ४१ जनाको कोरोनाका कारण मृत्यु, अस्पताल भर्ना हुनेको संख्या बढ्यो



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १६ असार । नेपालमा थप ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ४१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ । 

हाल नेपालभर ३३ हजार ५ सय ६१ सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमा ३० हजार ५ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

नेपालमा फेरि अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको सरकारको तथ्याङ्कले नै देखाएको छ । 

यस्तै हाल रहेका सङ्क्रमित भएकामध्ये ६ सय २७ जना आईसीयूमा उपचाररत रहेका छन् भने १ सय ७५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Hamro Doctor
Last modified on 2021-06-30 17:30:39

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts