तरबुजा खाँदाका फाइदा 



Download our app to get more features

काठमाडौं, १६ असार । गर्मी मौसमा तरबुजा अधिकांशको रोजाइमा पर्ने फल हो र तरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरलाई शीतल बनाउने, शरीरमा डिहाइड्रेसनको खतरा क मगर्नेको साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् । कम वजन गर्न चाहनेहरुका लागि समेत तरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै तरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो ।

मुटुलाई स्वस्थ राख्छ

मुटुलाई स्वस्थ राख्न तरबुजा खानु उत्तम हुन्छ । दैनिक तरबुजा खाने वा यसको जुस पिउनाले नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । 

पाचन प्रक्रियालाई बलियो बनाउँछ

तरबुजामा पाइने पानीको मात्राले हाम्रो पाचन प्रक्रिया नियमित सञ्चालन गराउन मद्दत गर्छ । पानीलाई खानालाई पचाउने मुख्य तत्वका रुपमा लिइन्छ । यसका साथै तरवुजामा फाइवर पनि पाइन्छ । जसले पाचनतन्त्रलाई स्वस्थ राखेर कब्जियत, झाडापखाला जस्ता रोगबाट बचाउँछ । पेट सम्बन्धी समस्याबाट बच्नको लागि दैनिक रुपमा तरवुजा खानुपर्छ ।
 
तौल घटाउँछ

तौल घटाउनको लागि तरबुजालाई उपयोगी मानिन्छ । मोटोपनबाट छुटकरा पाउन चाहने व्यक्तिले दैनिक तरबुजा खानाले तौललाई नियन्त्रण गर्न मद्दत पुग्छ । तरबुजामा क्यालोरीको मात्रा कम र फाइवरको मात्रा बढी पाइन्छ । तरबुजाले भोक लाग्न दिँदैन जसको कारणले लामो समयसम्म मानिस केही नखाएर बस्न सक्छन् । खाना कम खादा क्यालोरी जम्मा हुन पाउदैन । यसले गर्दा माटोपन घट्न मद्दत पुग्छ ।

आँखालाई स्वस्थ राख्छ

आँखाको स्वास्थ्यका लागि समेत तरबुजाको नियमित खानु लाभदायी हुन्छ । तरबुजामा भिटामिन ए प्रशस्तै पाइन्छ । अनि यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ । 

मांशपेशीको दुखाईलाई कम गर्छ

मांशपेशीको दुखाइलाई तरबुजा खानाले कम गर्न मद्दत पुग्छ । शारीरिक व्यायाम गरिसकेपछि मांशपेशी दुख्ने हुन्छ । यस्ता दुखाइलाइ कम गर्न तरबुजा  नियमित खानुपर्छ । 

रोग प्रािरतेधात्मक क्षमतामा वृद्धि

तरबुजामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

मधुमेह हुनबाट जेगाउँछ

 तरबुजालाई मधुमेहका बिरामीले खाँदा लाभदायक हुन्छ । तरबुजामा एन्टिअक्सिडेन्टका साथै एन्टिबायोटिक गुण पनि पाइन्छ । तरवुजा कोलेस्टा«ेललाई नियन्त्रण गर्छ । जसले गर्दा मधुमेह हुने सम्भावना न्युन हुन्छ । 

छालाको लागि लाभदायक

छालाको लागि तरबुजा राम्रो हुन्छ । यसमा पानीको मात्रा अत्यधिक हुने भएकाले छालामा हुने सुख्सापनलाई हटाउँछ । अनुहारमा तरवुजाको फेसप्याक बनाएर पनि लगाउन सकिन्छ । 

 

Last modified on 2021-06-30 15:03:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts