नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजारमा झर्यो, थप ३४ जनाको कोरोनाका कारण मृत्यु



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १८ असार । नेपालमा थप ३४ जनाको कोरोना संक्रमणका काण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३४ जनाको देशभर मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ पुगेको छ । जसमा २६ हजार ३ सय ३६ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय ३८ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै देशभर रहेका संक्रमितको मध्ये ६ सय ३२ जनाको उपचार आईसीयूमा भइरहेको छ भने १ सय ८१ जना भेन्टिलेटरमा भर्ना छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts