बिपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनरमा एनएमएको ऐक्यवद्धता



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १८ असार । नेपाल चिकित्सक संघले बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको माग सम्बोधनका लागि माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्नमागहरु राखी विगत १८ दिनदेखि आन्दोलन गरिरहेको सम्बन्धमा सरकार तथा सरोकारवाला निकायबाट हालसम्म कुनै पनि सम्बोधन नगरिएको प्रति ध्यानाकर्षण भएको बताएको छ । 

संघले जारी गरेको विज्ञप्तिमा, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको त्यस प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु यति लामो समयसम्म आन्दोलित भईरहँदा समेत सम्बन्धित सरोकारवाला निकायबाट वार्ता र संवादको वातावरण सिर्जना गरी उत्पन्न समस्याको समाधान तर्फ कुनै पनि पहल नगरिएको घटनाले समग्र राष्ट्रकै प्रतिष्ठामा आँच आएको उल्लेख गरिएको छ । 

प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले उठाएका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गरी बिनाकुनै अवरोध शान्तिपूर्ण वातावरणमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

साथै संघले धरान शाखाले त्यस प्रतिष्ठानको सुदृढीकरणका लागि संचालन गरेका कार्यक्रमहरुमा यस केन्द्री यकार्यालय ऐक्यबद्धता जाहेर गर्दै अबिलम्ब जायज मागहरु सम्बोधन गरेर बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठा र गरिमालाई जोगाउन पनि अपिल गरेको छ ।

Hamro Doctor
Last modified on 2021-07-02 14:07:01

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts