जिल्ला अस्पताल संखुवासभाले माग्यो चिकित्सक
 
            काठमाडौं, १८ असार । संखुवासभा जिल्ला अस्पतालले आइसियू सञ्चालनको लागि कर्मचारीको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो।
कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक रू ३ लाख तलब सहित आवासको सुविधा रहेको अस्पतालले जनाएको छ। सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ।
 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                