गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारी
 
            गोरखा, ५ जेठ । गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर खुलेको छ। कोरोना नियन्त्रण तथा रोकथामको लागि गोरखा अस्पतालले ३० जनालाई नियुक्त गर्न लागेको हो । अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्ने छ । अस्पतालले ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

 
                
                

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                