पर्साको स्वास्थ्य कार्यालय र नारायणी अस्पताल माग्यो चिकित्सकसहित ६६ जना कर्मचारी 



Download our app to get more features

पर्सा, ४ जेठ । स्वास्थ्य कार्यालय र नारायणी अस्पताल विकास समितिले ६६ जना चिकित्सक सहितका स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको माग गरेका छन् । अस्पताल विकास समितिले मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स २० जना र अक्सिजन सिलिण्डर पोर्टर ९ जना माग गरेको हो ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने कार्यविधि २०७६ को अधिनमा रही कोभिड विरामीको उपचारका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीको माग गरिएको अस्पताल विकास समितिले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिड–१९ संक्रमितको उपचार तथा पीसीआर ल्याबमा काम गरेको अनुभवीलाई प्राथमिकता दिनेगरी ३ महिनाको करार सेवाक लागि कर्मचारी माग गरिएको छ ।  सूचनामा तीन दिन भित्र आवेदन दिइसक्न भनिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts