अटिजमले बालबालिकामा देखिने व्यवहार कस्तो हुन्छ ? जानौं



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

अटिजम भएका बालबालिकालाई कतिपयले रोगी भन्ने गर्छन् । तर, यो मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो ।

सामान्यतया बालबालिका जन्मेपछि शारीरिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिड्डुल गर्ने, सञ्चारको सीपलाई प्रयोग गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने हुन्छ । तर अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप सिक्ने क्षमता कम हुन्छ । त्यस्तै, प्रतिक्रियात्मक सञ्चार गर्ने क्षमता देखिदँन ।

अरूले गरेको व्यवहार (विशेषतः सोधिएका प्रश्नहरू)लाई दोहो¥याउने स्वभाव पाइन्छ । यस्तै, बच्चाहरूले विशेषगरी एउटै कुरामा मात्र बढी ध्यान दिएको पाइन्छ । यसलाई हामी मस्तिष्क विकासको क्रममा आउने ढिलाइ भन्छौं । 

असामान्य क्षमताका हुन्छन्
अटिजम भएका बालबालिकामा स्मरणशक्ति असामान्य हुन्छ । तर, सही सञ्चार गर्ने सीप नहँुदा सामाजीकरणमा समस्या देखिन्छ । सामान्य मानिसका सबै इन्द्रियहरूको समन्वय मस्तिष्कले गर्छ । तर, अटिजम भएका बालबालिकाहरूमा यस्तो समन्वय नहुने हँुदा एकोहोरो स्वभावका हुन्छन् । अटिजम भएका बालबालिकामा यिनै तीनओटा अवस्था देखिने भए तापनि केही अवसर पनि लिएर आएका हुन्छन् । त्यही एकोहोरोपना या एउटै कुरामा धेरै लगाव भएका कारण उनीहरूमा असामान्य क्षमता पनि देखिने गरेको छ । बेलैमा उनीहरूको क्षमतालाई बुझेर सहजीकरण गर्न सकियो भने यस्ता बच्चा सामान्य मानिसभन्दा धेरै सफल भएका उदाहरणहरू पनि छन् । एउटै कुरामा बढी ध्यान दिने बानीका कारण उनीहरूले यस्तो सफलता हासिल गर्न सक्छन् । 

अटिजम भएका बालबालिकामा देखिने व्यवहार

  • बोलाउँदा नहेर्ने
  • आँखा नजुधाउने
  • अरूले जे बोल्यो त्यही बोल्ने (सामान्य मानिसलाई जिस्क्याएको जस्तो लाग्ने)
  • उमेरअनुसारको भाषागत विकास नहुने 
  • आवाजमा अत्यधिक प्रतिक्रिया जनाउने या वास्तै नगर्ने
  • डर या त्रासप्रति ख्याल नगर्ने
  • बालबालिकाले खेल्ने सामान्य सामानभन्दा अन्य कुराहरूमा अत्यधिक लगाव दिने 
  • नियमित शिक्षण विधिबाट सिक्न गाह्रो हुने
  • आफ्नो उमेरका साथीसँग खेल्न मन नगर्ने या खेल्न नै इच्छा नदेखाउने
  • ठीक समयमा ठीक तरिकाले प्रतिक्रिया नदिने
  • बच्चालाई इच्छा भएको एउटै कुरामा ध्यान दिएर एकोहोरो लागिरहने

अभिभावकले के गर्ने 
जन्मनेबित्तिकै यस्तो समस्या भएका बालबालिकामा थाहा नभए तापनि अभिभावकले विशेष ख्याल गरेमा जन्मेको तीन वर्षको हुँदा प्रष्ट रूपमा थाहा पाउन सकिन्छ जति चाँडो बच्चाको अवस्था थाहा पाइयो त्यति नै उनीहरूको सञ्चार सहज बनाउन मद्दत हुन्छ । 

अटिजम भएका मानिस असहज व्यवहारका कारण सामाजिक रूपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरूलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यक हुन्छ । जति सानो उमेरमा यसको पहिचान गरियो उनीहरूलाई थेरापीद्वारा त्यति सहज तरिकाले सञ्चार प्रतिक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यसमा बच्चाले भन्दा पनि पहिले अभिभावकले पहिले थेरापी लिनुपर्छ । विद्यालय या अन्य स्थानमा गरिएको थेरापी केही समयका लागि भए पनि अभिभावकले नै उनीहरूको क्षमताका आधारमा थेरापी प्रशिक्षण लिई सिकाउनु राम्रो हुन्छ । 

Hamro Doctor
Last modified on 2021-07-08 07:54:35

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts