रुपन्देहीमा १ र २ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिईने



Download our app to get more features

रुपन्देही, ३० असार । स्वास्थ्य कार्यालय रुपन्देहीले १ र २ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । जिल्ला खोप समन्वय तथा अनुमगन समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सेवा विभागले तोकेको प्राथमिकता र उमेर समूहलाई खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले विभागले तोकेको ५५ बर्ष माथिका उमेर समूह, शिक्षक कर्मचारी, प्राध्यापक, सवारी चालक तथा सहचालक, खोप अनिवार्य गरिएका देशमा जान लागेका व्यक्तिले खोप पाउने बताए । उनले खोप लगाउनका लागि जिल्लामा ५ वटा अस्पताल र ६९ वटा अरु खोप केन्द्र गरी कुल ७४ वटा खोप केन्द्र सञ्चालनमा ल्याइन लागेको बताए ।

डा. गिरीले लक्षित समूहमा भेरोसेल दिई सकेपछि जोन्सन एण्ड जोन्सनको खोप विभागले निर्धारण गरेकै प्राथमिकताको आधारमा दिईने समेत जानकारी दिए । 

Last modified on 2021-07-14 16:03:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts