विराटनगरस्थित नोबेल अस्पतालले पनि अब मिर्गौला प्रत्यारोपण गर्न पाउने



Download our app to get more features

काठमाडौं, ४ साउन । विराटनगरस्थित नोबेल अस्पतालले मिर्गौला प्रत्यारोपणका लाग अनुमति पाएको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि सोमबार अनुमति दिएको हो ।

अस्पतालले २ वर्षअघि नै मिर्गौला प्रत्यारोपणका लागि समितिसँग अनुमति मागेको थियो । हाल उक्त अस्पताललाई दुई वर्षको लागि मात्रै अनुमति दिइएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएसँगै अब बिरामीले उपचारका लागि महँगो खर्च गरेर बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ ।

Last modified on 2021-07-19 17:35:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts