गर्भवती र गर्भधारण गर्न चाहने महिलाले कोरोनाविरुद्धको खोप लगाउनु कति उचित ?

भिडियोसहित

What's This?


Download our app to get more features

कोरोना महामारीको सुरुवातदेखि गर्भवति महिला वा गर्भधारण गर्न चाहने महिलाहरु बढी चिन्तित थिए । आफू कोरोना संक्रमित भएको अवस्थामा के हुन्छ ? के गर्भमा रहेको बच्चा खेर जान्छ वा के गर्भको बच्चामा पनि कोरोना संक्रमण हुन सक्छ ? जस्ता अनेक प्रश्नहरु उब्जेको थियो । यस्तै गर्भधारण गर्न हुन्छ कि हुँदैन ? गर्भधारणपछि कोरोना संक्रमण भयो भने के हुन्छ ? जस्ता प्रश्नहरु अझैपनि कतिपय महिलाहरुले डाक्टरहरुलाई गरिरहेका छन् ।

यस्तै कोरोना महामारीबाट जोगिने एक मात्रै विकल्प कोरोनाविरुद्धको खोप हो । खोप अहिले पालैपालो सबैले लगाउन थालेका छन्, तर १८ वर्षभन्दा माथिकाले मात्रै । कोरोनाविरुद्धको खोपलाई लिएर पनि गर्भवति महिला र गर्भधारण गर्न चाहने महिलाहरु चिन्तित छन् । खोप लगाउने कि नलगाउने ? लगाउँदा के हुन्छ ? जस्ता प्रश्नहरुका कारण । गर्भवति महिला र गर्भधारण गर्न चाहेन महिलाहरुका यी प्रश्नहरुको उत्तर विश्व स्वास्थ्य संगठनसहित विश्वका विभिन्न मुलुकमा भएको अध्ययन र अनुसन्धानले समाधान गरिसकेको छ । 

भारत, बेलायत, अमेरिका लगायतका विश्वका विभिन्न मुलुकले गर्भवति महिला र गर्भधारण गर्न चाहने महिलाहरुले पनि निर्धक्कसाथ कोरोनाविरुद्धको खोप अब लगाउन सक्छन् भने स्पष्ट पारिसकेका छन् ।

ईशाल बाल तथा महिला अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेष डा.माला श्रेष्ठले गर्भवति महिला र गर्भधारण गर्न चाहने महिलाहरुले कोरोनाविरुद्धको खोप लगाउन मिल्ने वा नमिल्ने प्रश्न र जिज्ञासालाई प्रष्ट पार्दै यसो भन्छिन् :

  • गर्भवति महिलाले निर्धक्कसँग कोरोनाविरुद्धको खोप लगाउँदा हुन्छ 
  • गर्भावस्तामा गर्भमा रहेको बच्चामा कोरोनाविरुद्धको खोपले कुनै असर हुँदैन 
  • गर्भवति महिला जो मधुमेह, मुटुरोगी र रक्तचापका रोगीहरु छन् उनीहरुले अनिवार्य खोप लगाउनु पर्छ 
  • सामान्यतया गर्भवति महिलाले आफ्नो चिकित्सकसँग परामर्श गरेर खोप लगाउँदा हुन्छ 
  • यस्तै स्तनपान गराइरहने महिलाले पनि कोरोनाविरुद्धको खोप लगाउँदा हुन्छ 
  • स्तनपान गराइरहने महिलाले खोप लगाएपछि रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने र एन्टीबडी बन्ने र त्यो बच्चामा पनि जाने हुँदा बच्चालाई पनि कोरोनाको संक्रमणबाट जोगाउन सकिन्छ 
  • गर्भधारण गर्न चाहने महिलाले कोरोना खोप दुबै मात्रा लगाएर वा एक डोज लगाएपनि केहि नराम्रो हुँदैन 
  • कोरोना संक्रमित भइसकेको महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु पर्छ

भिडियोमा हेर्नुहोस् :

Last modified on 2021-07-22 16:56:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts