स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी



Download our app to get more features

काठमाडौं, ८ साउन । जनसंख्या मन्त्रालयले हेल्थ इमर्जेन्सी एण्ड अपरेशन सेन्टर अन्तर्गत कार्यक्रम अधिकृतको लागि दरबन्दी खुला गरेको छ। ५० वर्ष ननाघेका र विजनेश एडमिनिस्ट्रेसन, विजनेश पब्लिक एडमिनिस्ट्रेसन, कानुन, सोसियल स्टडिज विषयमा स्नातक गरेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन्।

दरखास्त दिने व्यक्तिसँग प्रोजेक्ट संचालन, फाइनान्स तथा फिल्ड व्यवस्थापनमा कम्तीमा पाँच वर्ष अनुभव भएको हुनुपर्नेछ।

दरखास्त दिन चाहनेले सूचना प्रकाशित गरेको १० दिनभित्र आवेदन दिन सक्नेछन्। विश्व बैंकले नेपाललाई इमर्जेन्सी रेस्पोन्स एण्ड सिस्टम प्रिपेडनेस प्रोजेक्टका लागि २ करोड ९० लाख बजेट फास्ट ट्रयाकमार्फत विनियोजन गरेको छ। उक्त रकम कोरोना महामारीको तयारी तथा आपतकालीन राहतका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts