सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाउन थालियो, भोलि शिक्षकको पालो



Download our app to get more features

सुर्खेत, ११ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबारदेखि झन्डै २८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने तयारीसहित अभियान सुरु भएको छ । 

जनस्वास्थ्य कार्यालय सुर्खेतले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबारदेखि ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइनेछ । 

खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने छ । यस्तै भोलि विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई खोप लगाइने भएको छ । 

खोप लगाउन जाँदा विश्वविद्यालयका कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्र र सार्वजनिक यातायातका चालक र सहचालकहरूले यातायात व्यवसायी सङ्घको सूची जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई परिचयपत्र लिनुपर्ने छ । आधिकारिक परिचय पत्र नभएकाहरूले भने खोप लगाउन पाउने छैनन् । सबै स्वास्थ्य संस्थामा एक साथ कोरोनाविरुद्धको खोप (भेरोसेल)को पहिलो मात्रा लगाइने छ । तर, कोरोनाको लक्षण भएका, सिकिस्त बिरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन सुझाव दिइएको छ ।

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोन्सन खोप लगाइने तयारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार सुर्खेतमा हालसम्म ३३ हजार चार सय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार दुई सय ७९ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts