चितवनमा हालसम्म ३ सय २१ जनाको कोरोनाका कारण मृत्यु, फेरि उकालो लाग्दै संक्रमणदर



Download our app to get more features

चितवन, ११ साउन । चितवनमा कोरोना भाइरसका कारण  संक्रमित भएका मध्ये अहिलेसम्म ३ सय २१ जनाको मृत्यु भएको छ ।

जिल्लाभर सोमवार दिउँसोसम्म कुल १९ हजार ५ सय २९ जना संक्रमित भएका मध्ये ३ सय २१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो मृत्युदर १ दशमलव ७ प्रतिशत हुन आउँछ ।

मृत्यु हुनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा र सबैभन्दा कम इच्छाकामनामा छन् ।

भरतपुर महानगरपालिकामा अहिलेसम्म १३ हजार ९ सय ४० जना संक्रमित भएका मध्ये २ सय ४ जनाको मृत्यु भएको छ । त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा २२, कालिका नगरपालिकामा २०, राप्ती नगरपालिकामा २९, माडी नगरपालिकामा ११, रत्ननगर नगरपालिकामा ३२ जनाको अहिलेसम्म मृत्यु भएको छ । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने २ सय १३ जना संक्रमित भएका मध्ये ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमणदर फेरि उकालो लाग्दै
जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गर्दा कोरोनाका सक्रिय संक्रमितको संख्या भने फेरि निरन्तर उकालो लाग्दै छ । स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिन्छ ।

कार्यालयका अनुसार असारको पहिलो सातातिर सक्रिय संक्रमितको संख्या १ हजार नजिक पुगेको थियो । अहिले यो संख्या १ हजार ९ सय ३ पुगेको छ ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित 
जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा १ हजार १ सय ६१ जना छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा १ सय ९९, कालिका नगरपालिकामा १ सय ३, राप्ती नगरपालिकामा १ सय १५, माडी नगरपालिकामा १ सय १२, रत्ननगर नगरपालिकामा १ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, इच्छाकामना गाउँपालिकामा भने सक्रिय संक्रमित १६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये १ हजार ७ सय ८७ जना होम आइसोलेसन, १ सय ९ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमितको संख्या साढे १९ हजार नाघ्यो
सोमवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या १९ हजार ५ सय २९ पुगेको छ । संक्रमित हुनेमा १० हजार ७ सय १७ जना पुरूष र ८ हजार ८ सय ६ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म १७ हजार ३ सय ५ जना निको भइसकेका छन् ।

Last modified on 2021-07-27 06:43:35

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts