आधारभूत अस्पताल निर्माणका लागि डीपीआर तयार गरी पठाउन मन्त्रालयको आदेश



Download our app to get more features

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशका ६ सय ५४ स्थानीय तहका आधारभूत अस्पताल निर्माणका लागि डीपीआर तयार गरी पठाउन स्थानीय तहहरुलाई  निर्देशन दिएको छ । 

देशका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार आर्थिक वर्ष २०७७\७८ मा  ३ सय ९६ वटाको निर्माण प्रक्रिया थाल्ने निर्णय भएपनि हाल सम्म स्थानीय तहहरुमा  जग्गाको उपलब्धता, डीपीआर तयार र बोलपत्र आह्वान नभएकोले आर्थिक वर्ष २०७८\७९ मा  बाँकी २ सय ५९ वटा स्थानीय तहहरुमा  आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गाको उपलब्धता र डीपीआर तयार गरी मन्त्रालयमा बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आधारभूत अस्पताल निर्माणका लागि डीपीआर तयार गरी पठाउने स्थानीय तहलाई मात्र बजेट निकासा गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीले जानकारी दिए ।

Last modified on 2021-07-29 07:58:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts