लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, १३ साउन । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेकी छन्। 

आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ।

नर्भिक अस्पतालले मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान नर्मल वार्डमा सारिएको छ ।

आइतबारदेखि दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पतालमा ल्‍याइएको थियो । उनलाई न्युरोनसम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts