चितवनमा सक्रिय संक्रमितको संख्या फेरि २ हजार नाघ्यो, कुन स्थानीय तहमा कति संक्रमित ?



Download our app to get more features

चितवन, १४ साउन । चितवनका सातवटै स्थानीय तहमा गरी  कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या फेरि २ हजार नाघेको छ ।

केही समयअघि जिल्लामा एक हजार नजिक पुगेको सक्रिय संक्रमितको संख्या बिहीवार दिउँसोसम्म २ हजार ३० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा १ हजार ३ सय २७ जना छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा १ सय ५९, कालिका नगरपालिकामा १ सय, राप्ती नगरपालिकामा १ सय ५, माडी नगरपालिकामा १ सय २७, रत्ननगर नगरपालिकामा १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित १७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये १ हजार ९ सय ५ जना होम आइसोलेसन, १ सय १६ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमितको संख्या २० हजार नाघ्यो
बिहीवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २० हजार ९० पुगेको छ । संक्रमित हुनेमा ११ हजार ६ जना पुरूष र ९ हजार ७८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म १७ हजार ७ सय ३५ जना निको भइसकेका छन् । भने सक्रमित मध्ये जिल्लाभर अहिलेसम्म ३ सय २७ जनाको मृत्यु भइसकेको छ ।

कोरोना नियन्त्रणको लागि जिल्लामा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएको छ । जसअन्तर्गत आजदेखि एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ लगाउन सुरू गरिएको छ ।  

जिल्लाभर बिहीवार र शुक्रवार दुईदिन एकसाथ ८२ वटा केन्द्रबाट खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका नि. प्रमुख अमृत महर्जनले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । त्यसका लागि जिल्लामा ३६ हजार ५ सय डोज खोप प्राप्त भएको उनले जानकारी दिए । 

उनले स्थानीय पालिकाले आफ्नो खोप तालिका तयार पारी सोही अनुसार सञ्चालन गरिएको बताए ।  उनका अनुसार ५० देखि ५४ वर्ष उमेरसमूहलाई यो खोप लगाइएको छ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइएको छ । 

त्यस बाहेक जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाइएको उनले बताए ।

त्यस्तैगरी स्वास्थ्य संस्था कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले समेत यो खोप लगाइएका छन् ।

Last modified on 2021-07-30 15:38:08

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts