मुलुकभर ३१०६ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १६ साउन ।  पछिल्लो २४ घण्टामा ३ हजार १०६ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ। 

उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ। 
 

Last modified on 2021-08-01 07:15:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts