भुटानले नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका खोप सहयोग गर्ने 



Download our app to get more features

काठमाडौँ, १७ साउन  । नेपाललाई भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ । योसँगै अहिले भुटानबाट नेपालमा  खोप ल्याउनका लागि  तयारी भइरहेको छ । 

भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्न लागेको हो । भुटानमा  ७ लाख ८० हजार जनसंख्या रहेको छ भने ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन्।

भुटानमा अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।

 शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि भुटानबाट खोप ल्याउने बिषयमा छलफल भएको थियो । सीसीएमसीले फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका नागरिकका लागि उक्त खोप दोस्रो डोजका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । 
 

Last modified on 2021-08-01 14:55:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts