ललितपुर महानगरमा सोमबार जोन्सन एन्ड जोन्सन खोप लगाइने



Download our app to get more features

ललितपुर,१७ साउन । ललितपुर महानगरपालिकामा सोमबार जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । महानगरपालिकाले साउन १८ गते सोमबार विहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम संचालन गर्न लागेको हो । 

महानगरपालिकाले यो खोप महानगरपालिकाभित्र संचालित बैंक तथा वितिय संस्थामा कार्यरत कर्मचारी,सहकारी संघसंस्थाहरुमा कार्यरत कर्मचारी,विदेश जाने भिसा र टिकट लिएका व्यक्तिहरु,स्वास्थ्यकर्मी,सरसफाईकर्मी तथा संचारकर्मी,महानगर क्षेत्र भित्रका उधमी व्यवसायीहरुलाई लगाउने जनाएको छ । 

 जोन्सन एन्ड जोन्सन खोप पाटन माध्यमिक विधालय पाटनढोका, महेन्द्र आदर्श माध्यमिक विधालय सातदोबाटो र जावलाखेल चोक जावलाखेलमा  लगाइने छ । महानगरपालिकाले खोप लाउन आउदा नागरिकता,भिसा वा परिचय खोल्ने कागजात लिएर आउनका लागि आग्रह गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts