बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोना विरुद्धको खोप 



Download our app to get more features

काठमाडौं, १७ साउन । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । यो तथ्यांक नगरपालिकामा खोप अभियान शुरु भएदेखि हालसम्मको हो । 

नगरपालिकाको विभिन्न उमेर समूहका ५१ हजार ५ सय ८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताएका छन् । नगरबासीमध्ये कोभिसिल्ड ५ हजार ५ सय २० जनाले र भेरोसेल ३८ हजार ८ सय ८२ जनाले लगाएका छन् ।

त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप ७ हजार २ सय जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताएका छन्  ।

थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उनले जानकारी दिएका छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts