खोप प्रमाणपत्र जारी गर्न उपत्यकाका चार अस्पताललाई मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, १७ साउन । सरकारले खोप प्रमाणपत्र जारी गर्न उपत्यकाका चार अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल लगनखेल, र शसस्त्र प्रहरी अस्पताल बलम्बुलाई मन्त्रालयले आइतबार पत्र लेख्दै खोप प्रमाणपत्र जारी गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भिमप्रसाद सापकोटाका अनुसार वैदेशिक रोजगारी एवं अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाईएको प्रमाणपत्र जारी गर्न र खोप लगाईएको प्रमाणीकरण नि:शुल्क गर्न उपत्यकाको चार अस्पताललाई निर्देशन दिएको हो।

Last modified on 2021-08-02 07:29:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts