नेपालमा गत २४ घन्टामा २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि,१८ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १७ साउन । नेपालमा कोरोना भाइरसका कारण आज १८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।  

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार ६ सय ३६ कोरोना परीक्षण गर्दा २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख ५९ हजार ९ सय ३७ पुगेको छ ।  

यस्तै नेपालमा गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्ये २ हजार २०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ ।  

हाल देशभर  २८ हजार ६३ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।  यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ७७ जना आईसीयूमा भर्ना भएका छन् भने १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Last modified on 2021-08-02 07:30:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts