बालबालिकामा प्रायः देखिने स्वास्थ्य समस्या के-के हुन् ? (भिडियोसहित)



Download our app to get more features

बालबालिका भनेको संवेदनशिल उमेर समूह हो । जहाँ उनीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, छिट्टै बिरामी हुने जस्ता समस्या बालबालिकामा बढी देखिने भएकाले अभिभावक सचेत हुनु पर्छ ।

बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्याबारे अभिभावक सचेत र सावधान नहुँदा ठूलो रोग वा समस्या निम्तिन सक्छ । आफ्ना बालबालिकामा समस्याहरु देखिँदा अभिभावकहरु डराउने र आत्तिने गर्छन् । अभिभावकहरु आफ्ना बालबालिकाहरुको समस्या लिएर चिकित्सककोमा पुग्ने गर्दछन् । 

पछिल्यो समय बालबालिकामा कोरोना खोपको अन्योलताबारे धेरै कुरा आउने गरेको  बालरोग विशेषज्ञ डा.अनवेश भट्ट बताउँछन् । कोरोना संक्रमणले विश्व नै मारमा परिरहेको बेला विश्वमा कोरोना विरुद्धको विभिन्न खोपहरु बनिरहेका छन् । डा. भट्टले बालबालिकामा पनि पछिल्लो समय कोरोना संक्रमणको दर बढेपनि हालसम्म उनीहरुका लागि कोरोनाविरुद्धको खोप बन्न नसकेको बताए ।

अहिले विश्वका विभिन्न देशहरुमा कोरोना विरुद्धको खोप अभियानहरु चलिरहेको छ । कोरोना नियन्त्रणको प्रभावकारी उपाय नै अहिले कोरोना विरुद्धको खोपलाई मानिएको छ ।  

विश्वमा अहिलेसम्म बनेका खोपहरु १८ वर्ष माथिका लागि मात्रै बनेका छन् । तर, बालबालिकाका लागि भने कोरोनाविरुद्धको खोप बन्न सकेको छैन् । कोरोनाको तेस्रो लहरले बालबालिका बढी जोखिममा रहेको आँकलन सबैले गरिरहँदा बालबालिकको लागि खोप कहिले आउछ भन्ने प्रश्न पनि जनमानसमा उठिरहेको छ । 

अमेरिका युरोप लगायत छिमेकी देश चिनमा भने १२ वर्षभन्दा माथिका बालबालिकाहरुले कोरोना विरुद्धको खोपहरु लगाइरहेका छन् । तर, १२ वर्ष मुनिका बालबालिकाका लागि भने हालसम्म कोरोनाविरुद्धको खोप बन्न सकेको छैन ।

बालरोग विशेषज्ञ डा.भट्टका अनुसार १२ वर्षभन्दा मुनिका बालबालिकाको लागि भारतमा कोभाक्सिन खोप भारत बायोटेक कम्पनीले बनाएको छ । भट्टका अनुसार कोभाक्सिन खोप अहिले २ वर्षभन्दा माथिका बालबालिकाको लागि अध्ययन भइरहेको छ । भारतले जनाएअनुसार उक्त खोपको रिजल्ट अक्टोबर महिनामा आइसक्ने छ । 

त्यस्तै बालबालिकामा शारीरिक विकासको समस्याहरु लिएर पनि धेरै अभिभावक आउने गरेको बउनको भनाइ छ । बालबालिकाको शारीरिक विकासको अवस्था हेर्नका लागि अभिभावकले उहि उमेरका अन्य  बालबालिकालाई हेर्न सुझाव दिन्छन् डा.भट्ट । त्यस्तै बालबालिकालाई घरमै बनेको पौष्टिक आहार खुवाउन आवश्यक रहेको पनि उनी बताउँछन् । 

त्यसैगरी पछिल्यो समय बालबालिकामा एलर्जीको समस्या पनि देखिएको छ । एलर्जी भन्ने बितिकै हामी छाला चिलाउने र घाउ लाग्नेलाई बुझछौ । तर, बालबालिकाहरुमा विभिन्न खालको एलर्जी देखिने बताउछन् विशेषज्ञ  भट्ट । बालबालिकामा अस्थमा एलर्जी, एलर्जी राईटाइटिस, फुड एलर्जी जस्ता एलर्जीहरु हुने गर्दछ ।

भिडियोसहित

Last modified on 2021-08-02 13:31:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts