लुम्बिनीमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दो 



Download our app to get more features

बुटवल,१८ साउन । पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएसंगै अहिले देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

लुम्बिनी प्रदेशमा १ सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले बताएका छन् ।  लुम्बिनीमा हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको उनले बताए । 

संक्रमित विरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका सबै  बेडहरु  भरिएका छन् ।  निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमणदर बढिरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts