आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ७ लाखभन्दा बढीमा संक्रमण, निको हुनेको संख्या स्थिर



Download our app to get more features

काठमाडौं, १९ साउन । नेपालमा आरटी पिसिआर विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख नाघेको छ ।

गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १० हजार ६ सय ३८ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा आरटी पिसिआर विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ३ हजार ३ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १६ हजार ७ सय १८ कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा ६ हजार ८० एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६३ हजार ७ सय १८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख ६५ हजार ८ सय १५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमित मध्ये १ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ ।

Last modified on 2021-08-04 07:28:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts