नेपालमा एकैदिन झन्डै २ लाखले लगाए कोरोनाविरुद्धको खोप, थप २४ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ साउन । नेपालमा एकैदिन झन्डै २ लाखले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ९८ हजार ४ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५० लाख ६६ हजार २ सय ९३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।

हाल देशभर ३२ हजार ५९ सक्रिय संक्रमित रहेका छन् । जसमा २९ हजार २२ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ८६ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-08-04 08:04:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts