डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु



Download our app to get more features

डडेल्धुरा, १९ साउन । सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ ।

नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।
 
डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो ।

हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डर भन्दा बढी रहेकोले त्यसले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरी नै अक्सिजनको अभाव हुन नदिने यनले बताए ।
 
गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्नेगरी सम्झौता भएको भएपनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाई भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले बताए । 

‘अब साउन महिनाभित्र जडानको सम्पूर्ण काम सम्पन्न गरेर भदौबाट अक्सिजन उत्पादन हुन्छ’ उनले भने ।
 
नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आइसियू, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडीयु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो ।

अस्पतालमा आइसियू र एचडीयु स्थापनाको काम पनि सुरु भएको अस्पताल विकास समिति अध्यक्षले ओझाले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts