टन्सिलमा देखिने पहेँलो गेडा के हो ? डा.अधिकारी यसो भन्छिन् (भिडियोसहित)



Download our app to get more features

हाम्रो मुखको पछाडी दाहिने र देब्रे कुनामा टन्सिल रहेको हुन्छ । टन्सिल आफैंमा रोग होइन । घाँटीको संक्रमणले गर्दा कहिले काही टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । टन्सिल भनेको जुनसुकै महिनामा जो कोहिलाई हुन सक्छ । टन्सिलको समस्या अहिलेको समयमा सबैका लागि परिचित बनिसकेको छ । मौसम परिवर्तनका बेलामा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र बालबालिकालाई टन्सिलले दुःख दिन गर्छ । 

सामान्यतया नाक, कान घाँटीको समस्यालाई टन्सिल भन्ने गरिन्छ । यसलाई टन्सिल स्टोन वा टन्सिल लेथ पनि भन्ने गरिन्छ । कहिलेकाहीँ टन्सिल हेर्दा टन्सिलको बिच्चतिर पहँेलो खालको गेडा देखिन सक्छ । त्यो देखिनु सामान्य हो । तर, कतिपय मानिसहरु टन्सिल पाकेको भनेर डराउने पनि गर्दछन् । यसलाई सामान्य मानेर डराउनु भने हुँदैन ।
 
के हो टन्सिलमा देखिने पहेँलो गेडा ? 
तपाईंले खाएको खानाको सानो सानो कणहरु र हाम्रो थुक मिसिएर विस्तारै जमेर ढुङ्गा जस्तो बन्छ । यसले गर्दा हाम्रो मुखबाट नराम्रो खालको गन्धहरु आउने जस्ता समस्याहरु देखा पर्दछन् । तर, यसलाई ठुलो समस्याको रुपमा भने मान्नु हुँदैन । यस अवस्थामा कतिपयले आफ्नो टन्सिल पाकेको हो की ? क्यान्सर पो भयो की भनेर डराउने गर्दछन् । यो भनेको तपाईंले खाएको खानाहरुको मिश्रित प्रभाव हो ।
 
टन्सिल भएको बेलामा धेरै जसोले एन्टिबायोटिक प्रयोग गर्ने गर्दछन् । तर, टन्सिलका लागि एन्टिबायोटिक आवश्यक हुँदैन । टन्सिलको उपचारका लागि नुन र मनतातो पानीले कुल्ला गर्न सकिन्छ । त्यस्तै मुख सफा गर्ने र दाँतको राम्रो हेरचार गरेमा टन्सिल निको हुँदै जाने हुन्छ । 

टन्सिलले कोहि कसैमा ठुलो रुप पनि लिर्ने गर्दछ भने कसैकसैलाई सामान्य अवस्थामा सामान्य हेरचाहबाटै निको हुने गर्छ । टन्सिलको इन्फेक्सन हुँदा टन्सिल निकाल्नै पर्ने अवस्था पनि आउन सक्दछ । त्यसका लागि टन्सिलको शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, शल्यक्रिया गर्नुपर्ने अवस्था कमैमा देखन्छ । टन्सिल देखिने बितिकै एन्टिबायोटिक खाइहाल्नु पर्दैन । यदि टन्सिल देखिहालेमा पहिला त नुन पानीले कुल्ला गर्ने, मुख सफा राख्ने, खानेकुराहरु राम्रोसँग चपाएर खाने गनुपर्दछ ।

भिडियोसहितः

Last modified on 2021-08-04 12:48:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts