दार्चुलाका ८ जनामा स्क्रब टाइफस



Download our app to get more features

 दार्चुला, २१ साउन । दार्चुलामा ८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दुई जना पुरुष र छ जना महिला गरी आठ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

साउन १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा जँचाउन आएका बिरामीहरुमध्ये उनीहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाका १र१ जना र महाकाली नगरपालिकाका ६ जनामा स्क्रब टाइफस देखिएको हो ।

गत वर्षमा जिल्लाका ३४ जनामा स्क्रब टाइफस देखिएको बताइएको छ। जसमध्ये २५ जना महिला थिए । अस्पतालका अनुसार महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने हुँदा बढी जोखिममा रहन्छन् । हालसम्म जिल्लामा देखिएका स्क्राब टाइफसका बिरामीलाई घर पठाइसकिएको बताइएको छ ।

Last modified on 2021-08-05 10:39:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts