हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सम्पन्न

What's This?


Download our app to get more features

काठमाण्डौं, ११ चैत्र । परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उन्मूलनका लागि यो वर्षको औषधि सेवन अभियान सम्पन्न भएको छ । अभियानअन्तर्गत ३४ जिल्लाका एक करोड २२ लाखलाई औषधि खुवाइएको छ । ६१ जिल्लामा यो रोगको संक्रमण देखिएपछि सन् २००३ बाट औषधि सेवन कार्य सञ्चालन गरिएकामा २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिसकेको छ । 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले आम औषधि सेवन कार्य दुई चरणमा गरी उत्साहपूर्ण ढंगले सम्पन्न भएको बताए । कुष्ठरोगपछि सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगविरुद्ध विश्वमा गत वर्ष एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएको थियो । 

निर्देशक मरासिनीका अनुसार यो औषधि छ चरणसम्म खानुपर्छ । २५ जिल्लामा छ चरणसम्मै औषधि खुवाइसकिएको छ भने बाँकी जिल्लामा पनि औषधिको मात्रा पूरा हुने क्रममा छ । अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी र ६५ हजार ६ सय ७८ स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो । 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts