नेपाललाई विश्व स्वास्थ्य संगठनद्धारा मेडिकल सामग्री सहयोग 



Download our app to get more features

काठमाडौँ,२६ साउन ।  नेपाल सरकारलाई विश्व स्वास्थ्य संगठनले मेडिकल सामग्री सहयोग गरेको छ । संगठनले दुई हजार  (२०००) भन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको हो । 

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यलयले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दैआएको निरन्तर सहयोगको एउटा हिस्साको रुपमा १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुको एक कार्यक्रममा  २५०,००० एम्पल्स डेक्सामेथाजोन, २००० अक्सिजन कन्सनट्रेटरहरु, २४,००० वटा भेन्चुरी मास्क, करिब ५००,००० अक्सिजन नसल क्यानुला, ६००,००० मास्क (FFP2 respirator) र ५००,००० सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री, श्री उमेश श्रेष्ठलाई हस्तानतरण गरेका हुन् । 

डा.राजेश पाण्डवले भने, “देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्नाहुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौँ । विश्व स्वास्थ्य संगठनले कोभिड – १९ गम्भीर बिरामीहरुको उपचार र ब्यवस्थापनमा सहयोग गर्दैआइरहेको छ र यो  हस्तानतरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्नपाउँदा हामी खुसी छौँ ।“ 

त्यस्तै स्वास्थ्य राज्यमन्त्री  उमेश श्रेष्ठले अत्यवस्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिएका छन् । उनले महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड – १९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दैआइरहेको र अहिले सहयोग  गरेको अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले  कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्ने पनि बताएका छन् । 

मन्त्री श्रेष्ठले आवश्यकता अनुसार सामग्रीहरु देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउने पनि बताएका छन् । उनले संगठनबाट सहयोग स्वरुप प्रदान गरिएका २००० अक्सिजन कन्सनट्रेटरहरु आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन सहयोगी बन्ने पनि बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती  व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गर्ने तयारी गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts