७५ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम,१२ लाख ८३ हजारभन्दा बढी परिवार बीमीत 



Download our app to get more features

काठमाडौँ,२६ साउन । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगेको छ ।

काठमाडौं र ललितपुर बाहेकका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । 

स्वास्थ्य बीमा बोर्डका अनुसार असार मसान्तसम्ममा १२ लाख ८३ हजार २ सय ९३ परिवारले बीमा गरेका छन् । त्यसमध्ये आर्थिक वर्ष २०७७र०७८ मा ७० प्रतिशतले नविकरण गरेका छन् । 

लगभग ५४ लाख परिवारलाई बीमीत गर्ने बोर्डको लक्ष्य भएपनि त्यति संख्यामा बीमीत भने भएका छैनन् । 

बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा।माधव लम्साल, स्वास्थ्य बीमा कार्यक्रमको बारेमा बुझाउन नसकेका कारणले पनि सबैलाई आवद्ध गर्न नसकेको बताउछन् । 

उनका अनुसार बीमीत भएका घर परिवारले पनि स्वास्थ्य बीमाको बारेमा नबुझ्दा नविकरण नगर्ने जस्ता समस्याहरु रहेका छन् । 

उनले सबै घर परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि स्थानिय तहहरुमा स्वास्थ्य बीमा संवेदन समिति बनाउने, प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमामा आवद्ध हुन् प्रोत्साहन गर्न लगाउने र प्रदेशस्तरमा नमुना पालीका घोषणा गर्ने जस्ता कार्यक्रमहरु बोर्डको रहेको बताए । 

बीमा कार्यक्रममार्फत् ५ जनासम्मको परिवारको रु ३ हजार ५ सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु १ लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

५ जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७ सय बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि २ लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३ सय ७५ अस्पताललाई सूचीकृत गरेको छ । 

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरू गरेको थियो ।

Last modified on 2021-08-10 17:49:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts