८७ हजार बढीले लगाए कास्कीमा कोरोनाविरुद्धको खोप 



Download our app to get more features

कास्की,२७ साउन । कास्कीमा ८७ हजार ८ सय ३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार १५ हजार ८ सय ७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् ।

जिल्लामा जोन्सन एण्ड जोन्सन खोप २५ हजार १ सय ५० मात्रा प्राप्त भएकोमा १५० खोप वैदेशिक रोजगारीमा जानेहरूका लागि  सुरक्षित राखिएको छ ।

कोरोनाविरुद्धको खोप  कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर  लगाइएको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts