पिसाब थैलीको क्यान्सर–एक परिचय



Download our app to get more features
Spark_health_home

पिसाब थैलीको क्यान्सर के हो?
जब पिसाब थैलीमा रहेका सामान्य कोशिकाहरु असामान्य कोषहरुमा परिवर्तन हुन्छन्, र ति कोशीकाहरु नियन्त्रण बाहिर गएर बढ्न थाल्दछन्, तब पिसाब थैली को क्यान्सर हुन्छ।

कसरी हुन्छपिसाब थैलीको क्यान्सर? 
-   चुरोट/खैनी सेवनले 
-  रबर, रंग, छाला को उद्योगमा काम गर्ने व्यक्ति हरुमा पिसाब थैली को क्यान्सर हुने सम्भावना बढी हुन्छ 
-    भिटामिन A,C, E को कमिले 
-    लामो समय सम्म पिसाब थैली मा पत्थरी हुनाले 
-    पोलेको मासु, तारेको खाना धेरै खानाले

पिसाब थैली क्यान्सरको लक्षणहरु 
-    पिसाबमा रगत जानु 
-    कोखा अथवा तल्लो पेट दुख्नु 
-    पटक पटक पिसाब लग्नु, पिसाब चुहिनु 

यी लक्षणहरु अन्य आवस्था मा पनि देखिन सक्छन् । यदि तपाईंमा यी लक्षणहरु छन् भने डाक्टरलाई भेट्नु पर्दछ ।

कसरी पत्ता लगाउने ?
-    पिसाब को जाच–क्यान्सर  असामान्य कोशिकाहरु पिसाबमा देखिन सक्छन् 
-  Cystoscopy –पिसाब नली हुदै पिसाब थैलीमा दुर्बिन लगेर जांच गर्ने विधिलाई cystoscopy भनिन्छ।Cystoscopy गर्दा केहि असामान्य मासु पलाएको जस्तो लागेमा उक्त मासु निकालेर (biopsy) मासु जांच गरिन्छ।
-    एक्स-रे, सीटी स्क्यान, वा अन्य इमेजिंग परीक्षण

उपचार
पिसाब थैलीको क्यान्सर कोउपचार क्यान्सर स्टेज र ग्रेड मा निर्भर गर्दछ । क्यान्सर स्टेजिंग (staging) ले क्यान्सर कती टाढा क्यान्सर फैलिएको छ भन्ने कुरा पत्ता लाग्दछ। ग्रेडिंग (grading) ले क्यान्सरलाई माइक्रोस्कोपमा हेरेर कत्तिको कडा खालको क्यान्सर हो भन्ने जनाउँछ। क्यान्सरको उपचार बिमारीको उमेर र बिरामीको कुनै दिर्घ रोग छ कि छैन भन्नेमा भर पर्दछ।

कसरी गरिन्छ उपचार- पिसाब थैलीको क्यान्सरको उपचारशल्यक्रिया,  औषधि वा विकिरणबाट गरिन्छ।

१. शल्यक्रिया - पिसाब थैलीको क्यान्सर सामान्यतया शल्यक्रियाको साथ उपचार गरिन्छ। क्यान्सर कति ठूलो छ र कती टाढा यो फैलिएको छ भन्नेमा उपचार निर्भर गर्दछ। डाक्टरहरु तलका ३ मध्ये १ शल्यक्रिया गर्न सक्छन् - 
-    TURBT(Transurethral Resection of Bladder tumor) - यो बिधिमा cystoscopy को माध्यम बाटक्यान्सरलाई खुर्केर निकाल्ने र पिसाब थैली लाई ठाउँ मै छोड्ने गरिन्छ।
-    पिसाब थैलीको एक भाग बाहिर निकाल्ने बिधि (PartialCystectomy) – यदी क्यान्सर टाढा सम्म फैलिएको छैन र पिसाब थैली को भित्रि भागमा मात्रा गडेर बसेको छ भने यो तरिका ले उपचार गर्न सकिन्छ
-  पिसाब थैली, र नजिकैको भित्री अंगहरु निकाल्ने विधि (RadicalCystectomy) – यो विधिबाट अप्रेसन गरेपछि पिसाब निस्किने ठाउँ पेटको अगाडीको भागबाट बनाउनु पर्ने हुन्छ अथवा आन्द्राबाट नयाँ पिसाब थैली पनि बनाउन सकिन्छ।

२.    औषधि विधि –
-  पिसाब थैलीको मांसपेशीमानफैलिएको प्रारम्भिक क्यान्सर (superficial bladder cancer) – BCG, Mitomycin जस्ता औसधि हरु प्रयोग गर्न सकिन्छ
-  पिसाब थैलीको मांसपेशीमाफैलिएको क्यान्सर (muscleinvasive) - क्यान्सर कोषहरुलाई मार्ने औसधि (chemotherapy)  अप्रेसन भन्दा अगाडी दिनु पर्दछ।Chemotherapy ले क्यान्सर लाई सानो बनाउछ र अप्रेसन गर्न सजिलो पनि बनाउछ ।
-    यदी पिसाब थैली को क्यान्सर पिसाब थैली भन्दा बाहिर फैलिएको छ भने केमोथेरापीले लक्षणहरुलाई कम गर्न  र मानिसहरुलाई लामो समय सम्म बाँच्नको लागि प्रयोग गरिन्छ। 

३. विकिरण थेरेपी (Radiation Therapy)– विकिरणले क्यान्सर कोषहरुलाई मार्छ। विकिरण थेरापी सर्जरीको सट्टा केहि मानिसहरुको लागी एक विकल्प हुन सक्छ। यो प्राय केमोथेरापीसंगै दिईन्छ।

उपचार पछि के हुन्छ ?
उपचार पछि फेरी क्यान्सर देखिन्छकि भनेर बेला बेलामा जाँच गरिन्छ । यी जांचहरु पिसाबको परिक्षण, cystoscopy, र इमेजिंगहुन सक्छन्। क्यान्सर फेरी देखिएमा शल्यक्रिया, केमोथेरापी, इम्युनोथेरापी, वा विकिरणबाट उपचार गर्न सकिन्छ।

पिसाब थैली को क्यान्सर हुन नदिन के गर्ने ?
-    पानी प्रशस्त मात्रा मा पिउने 
-    चुरोट/खैनी सेवन नगर्ने 
-    हानिकारक उद्योगका असुरक्षित रसायनबाट सकेसम्म टाढा रहने 
-    प्रसस्त मात्रामा फलफुल र साग सब्जी सेवन गर्ने 


(लेखक भरतपुर अस्पताल, भरतपुरका यूरोलोजिस्ट हुन्)

Hamro Doctor
Last modified on 2021-08-20 13:02:03

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts