शहिद मेमोरियलद्धारा खोप कार्यक्रम सञ्चालन

What's This?


Download our app to get more features

काठमाडौं, २१ साउन । शहिद मेमोरियल अस्पतालले खोप कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वीकृती लिई खोप कार्यक्रम सञ्चालन अस्पतालले जनाएको छ । नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका खोपसहित अन्य ऐच्छिक खोप सेवा शुरु गरेको अस्पतालले जनाएको छ । 

सरकारी स्तरबाट बालबालिकालाई विभिन्न ११ रोगविरुद्ध निःशुल्क खोपहरु उपलब्ध हुँदै आएका छन् । जुन तोकिएको स्वास्थ्य केन्द्रहरुबाट मात्र लिन सकिन्छ ।
सरकारले दिँदै आएको निःशुल्क खोप बाहेक अन्य खोपहरुलाई ऐच्छिक खोपको रुपमा लिइन्छ । अस्पतालले सरकारी स्तरबाट निःशुल्क खोप दिन शुरु गरिसकेको छ । हाललाई हरेक शुक्रबार खोप कार्यक्रम शुरु गरिएको र बिरामीको चाप बढेमा अन्य दिनमा पनि सेवा बिस्तार गर्ने प्रशासक श्रीराम पोखरेलले बताए । 

बालरोग विशेषज्ञ डा. निशा ज्योति श्रेष्ठ र डा. प्रज्ञा कर्माचार्यको निगरानिमा तालिम प्राप्त दक्ष नर्सहरुबाट खोप दिँदै आएको अस्पतालले जनाएको छ । 
ऐच्छिक खोपहरुमा इन्फ्यूल्यन्जा, हेपाटाइटिस, कलेरा, एमएमआर, टाइफाइट, निमोनिया लगायत २१ वटा खोप सञ्चालनमा आएको पोखरेलले बताए । यी खोपहरु सरकारी स्तरमा नपर्ने हुँदा व्यक्ति आफैंले यसको पैसा तिर्नु पर्ने हुन्छ । 

 

Last modified on 2016-08-05 18:11:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts