अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो खोप दिइने 



Download our app to get more features

काठमाडौं,७ भदौ ।  अफगानिस्तानबाट नेपाल आएका नेपालीहरुलाई पोलियो खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा.झलक शर्मा गौतमका अनुसार अफगानिस्तानबाट उद्दार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको हो । 

सोमबार अफगानिस्तानबाट नेपाल फर्केका नेपालीहरुलाई त्रिभुवन विमानस्थलमा नै पोलियो खोप लगाइने उनले बताए । यसअघि अफगानिस्तानबाट नेपाल आएकाहरुलाई जिल्लामा नै पोलियो खोप लिन आग्रह गरिएको गौतमले बताएका छन् । 

डा.गौतमले भने,'अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था गरिएको हो ।'

विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् । गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।

Last modified on 2021-08-23 17:44:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts