भेरी अस्पतालमा संक्रमितको संख्या बढ्दै, गम्भीर बिरामीको संख्या घटेन !



Download our app to get more features

नेपालगञ्ज, ८ भदौ । भेरी अस्पतालमा कोरोना भाइरस कोभिड-१९ का गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।

दोस्रो लहरको संक्रमण फैलिएसँगै वैशाखबाट संक्रमित बिरामीको चाप बढ्न थालेको अस्पतालमा बिचमा केही कमी आएपनि हाल संक्रमितको संख्या बढ्न थालेको हो । हाल भेरी अस्पतालको बेडहरु गम्भीर अवस्थाका बिरामीले भरिन थालेका छन् ।

पछिल्लो केही दिनबाट अस्पतालको आईसीयू र भेन्टिलेटरमा समेत बिरामीको चाप बढ्न थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले जानकारी दिए ।

"हाल अस्पतालमा ५६ जना कोरोना संक्रमित उपचाररत छन् । कोभिड वार्डमा हाल ५६ जना छन्, जसमध्ये ७ जनालाई भेन्टिलेटरको सपोर्ट दिइएको छ" , उनले भने , केही दिनदेखि दैनिक संक्रमित भर्ना हुने दर बढेको छ ।"

पहिले कोरोना संक्रमितकोमात्र उपचार गरिरहेको अस्पतालले हाल कोभिड र नन् कोभिड दुबै खाले बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । हाल अस्पतालको जनशक्ति र भौतिक संरचना व्यवस्थित भएकोले उपचारमा सहज भएको अस्पतालले बताएको छ ।

पछिल्लो समय भेरी अस्पतालमा दिनहुँ १/२ जनाको हाराहारीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भइरहेको छ ।

Last modified on 2021-08-24 16:30:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts