डेढ वर्षपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुन सुरु



Download our app to get more features

काठमाडौं, ८ भदौ । वीर अस्पतालमा बन्द भएको मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । 

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुन:सुचारु गर्ने निर्णय गरेको कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले बताएका छन् ।

वीरको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमतिको मात्र उपचार सेवा गरिन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्न लागिएको हो । नेपालमा पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । 

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा.पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा.रविन बस्नेत, डा.पुकार चन्द्र श्रेष्ठ, डा.रजनी हाडा, डा.अनिल बराल लगायतका चिकित्सकहरु छन् ।

Last modified on 2021-08-24 17:33:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts