बाङ्गोटिङ्गो दाँत बनाउन चाहनुहुन्छ ? यसो भन्छिन् डा. अल्का गुप्ता (भिडियोसहित)



Download our app to get more features

दाँत भनेको मानव सौन्दर्यको एउटा महत्त्वपूर्ण अंग हो । पुरुष होस् वा महिला दाँतले उसको सौन्दर्यलाई बढाउने काम गर्छ । तर, त्यही दाँत यदि बाङ्गोटिङ्गो भइदियो भने मान्छे खुलेर हाँस्न पनि सक्दैन ।

दाँतले मानिसहरुको सौन्दर्य बढाउने काम गर्ने भएकाले सबैले आफ्नो दाँत मिलेको होस् भन्ने चाहना राख्छन् । कतिको दाँत लहरै मिलेको हुन्छ भने कतिको दाँत बाङ्गोटिङ्गो हुँदा ऊ न खुलेर हाँस्न सक्छ न बोल्न नै सक्छ । त्यसकारण आफ्ना बिग्रेका दाँतहरु सबै मिलाउन खोज्छन् । 

दाँतले मानिसको सौन्दर्य मात्रै बढाउँदैन स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ । दाँत सम्बन्धी विभिन्न खालका स्वास्थ्य समस्याहरु हुने भएकाले सचेत रहनुपर्छ । दात बाङ्गोटिङ्गा हुने, बाहिर निस्कने र चिउडो धेरै भित्र छिर्ने खालका समस्याहरु हुने गरेको पाइन्छ । तीनै  समस्या हेरेर दाँतको उपचार गर्ने गरिन्छ । 

प्रायःको दात ब्रेसेस (तार) लगाएर बनाइने गरिन्छ । त्यसरी ब्रेसेस लगाउँदा कतिको दाँत निकाल्नु पर्छ भने कतिको निकाल्नु पर्दैन । सामान्य तथा दाँतमा ४ प्रकारको समस्या हुन्छ । प्रिभेटिभ, इन्टरपेटिभ, करेक्टिभ र सर्जिकल । 

प्रिभेटिभमा दाँतको समस्या हुन नै नदिने कुराहरु पर्दछन् । त्यस्तै इन्टरपेटिभमा दाँतमा देखिएको समस्या झनै नबढोस भनेर उपचार गर्ने गरिन्छ । त्यसैगरी करेक्टिभमा बयस्क व्यक्तिहरुको दाँत मिलाउने गरिन्छ भने सर्जिकलमा बाल्यअवस्थामा बाहिर आएको चिउडोहरु त्यहि समयमा उपचार नगराएर पछि गराएमा सर्जिकल गर्ने गरिन्छ । 

बिग्रिएको दाँतको उपचार उमेर समुह अनुसार हुने गर्दछ । बालबालिकामा जिब्रोले दाँत धकेल्ने, मुखले श्वास फेर्ने जस्ता विधिहरुबाट उपचार गरिन्छ ।
 
त्यस्तै बयस्कहरुमा निश्चित समयका लागि ब्रेसेसहरु बाँधेर उपचार गर्ने गरिन्छ । सामान्यतया मेटेलको ब्रेसेस र सेरामिक ब्रेसेस लगाउने गरिन्छ । 

हेरौं भिडियोमाः

Last modified on 2021-08-25 11:37:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts