किन हुन्छ महिनावारी गडबड ? यसो भन्छिन डा. अञ्जना कार्की



Download our app to get more features

महिनावारी गडबड हुनु भनेको प्रायः सबै महिलामा देखिने एक समस्या हो । महिनावारी समयमा नहुनु, ढिलो हुनु, महिनावारी भएको समयमा धेरै रगत बग्नु जस्ता समस्याहरु सामान्यतया सबैलाई देखिने गर्छ । तर, महिनावारी गडबड भएमा धेरै डराईहाल्नु भने पर्दैन । विशेषगरी किशोरावस्थामा महिनावारी गडबड हुनु सामान्य हो ।

यदि महिनावारी धेरै गडबड भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । तर, कतिपयले भने यस समस्या देखिएमा आफुखुशी औषधि सेवन गर्ने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि गलत हो । 

कसै कसैमा यो समस्या बारम्बार देखिने भएकाले सक्दो चाँडो चिकित्सकको सुझाव लिनुपर्ने हुन्छ भने कसै कसैमा यो एक दुई पटक मात्रै हुने पनि हुन्छ ।

हेरौं भिडियोमाः

Last modified on 2021-08-27 14:49:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts