स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकारीको जिम्मेवारी हेरफेर



Download our app to get more features

काठमाडौं,१४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । 

मन्त्रालयले परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा.झलक शर्माको ठाउँमा व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ भने डा.शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको  छ ।

त्यस्तै सार्क क्षयरोग केन्द्रका निर्देशक डा.विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा पठाएको  छ भने परिवार कल्याण महाशाखाका निर्देशक डा.तारा पोख्रेललाई क्षयरोग केन्द्रमा पठाएको छ ।

त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने क्षयरोग नियन्त्रण केन्द्रमा डा.प्रकाश शाहलाई ल्याइएको छ ।

त्यस्तै मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा.कृष्ण पौडेललाई नियुक्त गरेको छ भने उक्त अस्पतालका मेसु डा.रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको छ । 

Last modified on 2021-08-30 12:41:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts