पोखरामा विद्यार्थीलाई कोभिड बिरुद्धको खोप लगाइने, विद्यार्थीको विवरण पेश गर्न आह्वान



Download our app to get more features

 

पोखरा, १८ भदौ । पोखरा महानगरपालिकाले विद्यार्थीलाई कोभिड बिरुद्धको खोप लगाउन महानगर भित्रका बिद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको विवरण पेश गर्न आह्वान गरेको छ ।

नेपाल सरकारको नीति तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र हाल प्राप्त कोभिड-१९ विरुद्धको खोप मात्राको आधारमा पोखरा महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र रहेका विश्वविधालय तथा क्याम्पसहरुमा अध्ययनरत र निकट भविष्यमा हुने परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्नको लागी विद्यार्थीहरुको संख्या एकिन गरी नाम सहितको विवरण सोझै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा वा ईमेल ठेगान [email protected] मा पठाउन अनुरोध गरेको पोखरा महानगरपालिका स्वास्थ्य शिक्षा प्रशासक हेमन्त पौडेलले जानकारी दिए ।

Last modified on 2021-09-03 15:32:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts