काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उतीर्ण



Download our app to get more features

काठमाडौं, १८ भदौ । विशेषज्ञ चिकित्सकको  लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् । 

आज नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा ४८० मध्ये विशेषज्ञ चिकित्सकमध्ये  ४७८ जना सहभागी थिए । त्यसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका छन् । १३० जना चिकित्सक भने फेल भएका छन् ।

त्यसैगरी ९ जना चिकित्सकको नतीजा रोकिएको नेपाल  मेडिकल काउन्सिलले जनाएको छ ।

Last modified on 2021-09-04 08:36:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts